धनगढी नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर

धनगढी नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर

धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरेको छ । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच अप्टीकल फाईवर बिछ्याउने कार्यको उद्घाटन गरेका हुन ।

ई–गभरनेन्स सेवालाई प्रवद्र्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्सि बनाउनका लागि आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो ।

 उप–महानगरपालिकाका १९ वटै वडामा पुग्ने गरि फागुन मसान्त सम्म काम पुरा हुने सफ्ट वेयर ईन्जीनियर हरी प्रशाद भट्टले बताउनुभयो ।

यस्तै उप–महानगरले योजनाहरुको अनुगमन, मुल्यांक र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ ।