विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की दिने पक्राउ

विराट–अनुष्काको छोरीलाई बलात्कारको धम्की दिने पक्राउ

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीकी छोरी वामिकालाई सामाजिक सञ्जालबाट बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मुम्बई प्रहरीले संगारेड्डीमा बस्ने २३ वर्षे सफ्टवेयर इञ्जिनियर रामनागेश अकुबाथिनीलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पछि उनलाई मुम्बई ल्याइएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले विराट र अनुष्काको १० महिने छोरी र अभिनेत्री अनुष्कालाई निशाना बनाएका थिए । यही विषयमा दिल्ली महिला आयोगले अनुसन्धानको माग गरेको थियो । दिल्ली प्रहरीले पनि एक सूचना जारी गर्दै विस्तृत कारवाहीको रिपोर्ट मागेको थियो ।

भारतले पाकिस्तानसँग जारी टी–२० विश्वकप क्रिकेटमा पराजय भोगेपछि ती व्यक्तिले विराट र अनुष्काको छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।