सेती प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको कोरोना परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ नमूना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ४ कोरोना संक्रमति उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।