गण्डकी प्रदेश सभाको प्रतिनिधि मण्डल सुदूरपश्चिम भ्रमणमा

गण्डकी प्रदेश सभाको प्रतिनिधि मण्डल सुदूरपश्चिम भ्रमणमा

धनगढी  : सुदूरपश्चिम प्रदेश सभा को काम कार्वाहीबारे अध्ययन गर्न गण्डकी प्रदेश सभाको प्रतिनिधि मण्डल मंगलबार धनगढी पुगेको छ ।

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा उप सभामुख सिर्जना शर्मा, प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली सहभागी हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेशका सत्तापक्षी प्रमुख सचेतक मायानाथ शर्मा, सचेतक गायत्री गुरुङ, प्रमुख प्रतिपक्षी सचेतक ओमकला गौतम सहित प्रदेश सभाका चारवटा बिषयगत समितिका सभापति र प्रदेश सभा सचिवालयका कर्मचारीहरुको पनि सहभागिता छ ।

प्रदेश सभा सचिवालयले मंगलबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी दुबै प्रदेश सभाले हालसम्म सम्पन्न गरेका कामकाज, बनाएका ऐन, लगायत अन्य विषयमा अनुभव आदानप्रदान गरेको छ । गण्डकी प्रदेश सभाको टोलीलाई सभामुख अर्जुनबहादुर थापा, उप सभाममुख निर्मला बडाल जोशी, प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावल सहित प्रदेश सभा सदस्य तथा सचिवालयका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रमममा दुबै प्रदेशका संसदीय समितिका सभापतिहरुले समिमतिले गरिरहेका कामकाजबारे जानकारी गराउनुभएको थियो । यस्तै दुबै प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका सचेतककहरुले पनि आफ्ना अनुभव बताउनुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सभाकाासभामुख अर्जुन बहादुर थापाले प्रदेश सभाका पदाधिकारी र सदस्यहरुले एक अर्को प्रदेशमा भइरहेका कामकाजबारे जानकारी लिन अध्ययन तथा अवलोकन भ्रमण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले एक अर्कोले गरेको कामकाजको बारेमा जानकारी लिने र समिक्षा गर्ने कामले संंसदीय अभ्यासमा प्रदेश सभाहरु परिपक्व हुने बताउनुभयो ।

यस्तै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संघीयताको नया अभ्यासमा रहेकाले अन्तर प्रदेश अनुभाव आदानप्रदानकका लागि सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएको जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशले यसअघि प्रदेश नम्बर ५ र कर्णाली प्रदेशको भ्रमण गरेको जानकारी दिनुभयो ।