सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११२ नमुना परिक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा एक जना नयाँ विरामी अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा २ जना र भेन्टिलेटरमा एक जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।