धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५८ जनामा गरिएको पिसीआर परीक्षणमा ६ जनामा संक्रमण पुष्टी भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमित उपचारका लागी अस्पताल भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ पुगेको छ।
जसमध्ये २ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए।