टीकापुरमा कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ३८ प्रतिशत पुग्यो

टीकापुरमा कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ३८ प्रतिशत पुग्यो

टीकापुर । टीकापुरमा लक्षित समूहका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । टीकापुर नगरपालिकाको तथ्याङ्क अनुसार अहिलेसम्म ३८ प्रतिशतले पूर्ण खोप र ४९ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका टीकापुर नगरपालिकाका कोरोना फोकल पर्सन धर्मसिंह वटालाले जानकारी दिनुभयो ।

नगरपालिकामा अहिले पनि खोप अभियान सञ्चालन भइरहेको र पुस मसान्त भित्र लक्षित समूहको ६६ प्रतिशत र चैत्र मसान्तसम्म सबैलाई खोप लगाइसक्ने नगरपालिकाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

कोरोनाबाट बच्ने उपाय नै खोप भएकाले नगरपालिकाले खोप लगाउन आव्हान गरेको समयमा आफूलाई पायक पर्ने स्थानमा गई सुरक्षित तरिकाले खोप लगाउन समेत उहाँले लक्षित समूहका नागरिकलाई आग्रह गर्नु भएको छ ।