दार्चुलामा कात्तिक ३० र मंसिर १ गते कोरोनाविरुद्धको खोप लगाइने

दार्चुलामा कात्तिक ३० र मंसिर १ गते कोरोनाविरुद्धको खोप लगाइने

दार्चुला । एष्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका १८ वर्षमाथिका नागरिकलाई दोस्रो मात्रा दिइने भएको छ । गत भदौमा एष्ट्राजेनिकाको पहिलो मात्रा खोप लगाएका नागरिकहरुलाई उपलब्ध कोभिशिल्डले दोस्रो मात्रा दिइन लागिएको हो ।

पहिलो मात्रा लगाएका १८ वर्षमाथिका विद्यार्थी र अन्य नागरिकलाई यहि कात्तिक ३० र मंसिर १ गते कोभिशिल्डको दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार करिब अढाइ हजार नागरिकलाई दोस्रो मात्रा दिइदै छ ।

दार्चुलामा ७१ प्रतिशत अर्थात ६६ हजार ५४ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाइसकेका छन् ।