नेपालमा ४१६ कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा ४१६ कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५५४ जनाको पीसीआर परीक्षणमा ३६७ र ४ हजार ८४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।