नेपाल बन्दको धनगढीमा आंशिक प्रभाव (फोटो फिचर)

नेपाल बन्दको धनगढीमा आंशिक प्रभाव (फोटो फिचर)

धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको धनगढीमा आंशिक प्रभाव परेको छ । बन्दले यहाँको जनजीवन प्रभावित भएको हो । धनगढीसहित प्रदेशका सबै जिल्लामा बिहानैदेखि लामो दुरीका सवारी साधन नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

बीचबाटोमा रोकिएका सवारीसाधनलाई स्कटिङ गरेर पठाइने व्यवस्था गरिएको छ । भने धनगढी बजार बन्द अवस्थामा रहेको छ । यस्तै नीजि सवारी साधनहरु सञ्चालन भइरहेका छन । शैक्षिक संस्था पनि बन्द रहेका छन् ।

लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.