सेती प्रयोगशालामा भएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २४ घण्टामा अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन । भने एक जना नर्या संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।