डिशहोमले आफ्ना ग्राहक लाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

धनगढी खबर    

डिशहोमले आफ्ना ग्राहक लाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहक लाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यस अघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउन देखि रोकिएको यो प्याकेज आज देखि पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरलम्यानेजर रमेश सापकोटाले बताए । यस अन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउने छन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने छन् । डिशहोमका २० लाख ग्राहक सँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने छन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबर नेट सेवा पुगेको छ ।



मङ्गलबार ३०, कार्तिक २०७८ ०५:५१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस