सुदूरपश्चिममा बुधबार थप १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा बुधबार थप १३ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ४१ नमुना परिक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ४५ नमुना परिक्षण गर्दा १० जना र एन्टिजेन विधिबाट ९९६ नमुना परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ४७ हजार ९४० जनामा कोरोना पुष्टि भएको छ । भने ६०८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कमा उल्लेख छ ।