जनगणनाको लागि दार्चुलाको छाङरु र टिंकर जान भारतीय प्रशासनको अबरोध

जनगणनाको लागि दार्चुलाको छाङरु र टिंकर जान भारतीय प्रशासनको अबरोध

दार्चुलाका दुइ गाउँ छाङरु र टिङकरमा जनगणना गर्न भारतीय प्रशासनले अबरोध गरेको छ । राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी लाई  दार्चुलाको छाङरु र टिंकरमा गणना गर्नजादा भारतको बाटो प्रयोग गर्नुपर्ने हुदा भारतले  रोके पछि  जनगणनामा खटिएका कर्मचारी नेपालको भुमि छाङरु र टिङकरमा जान नपाउदा दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् ।

राष्ट्रिय जनगणनाका सहायक जिल्ला अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक तरेर छाङरु जाने गरी यही कार्तिक  २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म बितिसक्दा  पनि भारतीय प्रशासनले अनुमतिको कुनै तदारुकता भने देखाएको छैन ।

जनगणना गर्न भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन् । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ । ‘नेपालको बाटो हुँदै छाङरु र टिंकर जान भौगोलिक कठिनाइ भएपछि भारतीय भूमिबाट सीता पुल तरेर जाने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न हामीले भारतीय प्रशासनको धार्चुला तहसिल कार्यालयलाई तीन वटा पत्र पठाइसक्यौं, त्यसको बोधार्थ समकक्षी कार्यालय पिथौरागढस्थित जिल्लाधिकारीलाई पनि दिएका छौं,’ सहायक प्रजिअ भट्टले भनिन्, ‘तर पत्रको जवाफ आएको छैन, जनगणनाका लागि खटिनुभएका कर्मचारी खलंगामै रोकिनुपरेको छ ।’

यसअघिको तथ्यांक लाई मात्रै पनि हेर्ने हो भने टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी रहेका थिए।