सेती अस्पतालमा भएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा भएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७९ नमुना परिक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा थप एकजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये एक जनाको आइसियुमा उपचार भइरहेको छ ।