सुदूरपश्चिममा बिहीबार थप ११ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा बिहीबार थप ११ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा ७५० नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ९२ नमुना परिक्षण गर्दा ३ जना र एन्टिजेन विधिबाट ६५३ नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ४७ हजार ९५१ जनामा कोरोना पुष्टि भएको छ । भने ६०८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कमा उल्लेख छ ।