'पुष्कर नाथ ओझा समर्थक भएकै कारण महाअधिवेशनमा चुनाव लड्नबाट वञ्चित गरियो' : कुँवर

'पुष्कर नाथ ओझा समर्थक भएकै कारण महाअधिवेशनमा चुनाव लड्नबाट वञ्चित गरियो' : कुँवर

धनगढी । नेपाली काँग्रेसका क्रियाशील सदस्य टंक कुँवरले नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन अन्तरगत वडा अधिवेशनमा चुनाव लड्नबाट वञ्चित गराइएको आरोप लगाएका छन् । 

कुँवरले आफू झण्डै २० वर्ष देखी नेपाली काँग्रेस धनगढी उप-महानगरपालिकामा क्रियाशील रूपमा काम गरिरहेको भए पनि नेपाली काँग्रेसका नेता पूर्व राज्य मन्त्री तथा पूर्व सांसद पुष्कर नाथ ओझा समर्थक भएकै कारण महाअधिवेशनमा चुनाव लड्नबाट वञ्चित गरिएको बताए । 
उनले धनगढी खबर सँग कुरा गर्दै आफू काँग्रेसको क्रियाशील सदस्य भएको नाताले धनगढी उप-महानगरपालिका वडा नं. १२ को वडा सभापति पदका लागी उम्मेदवारी दिए पनि मतदाता नावावलिमा आफ्नो नाम काटिएको बताएका छन् । 

वर्तमान नेतृत्वले आफू हार्ने डरले र नेपाली काँग्रेसका नेता पूर्व राज्य मन्त्री तथा पूर्व सांसद पुष्कर नाथ ओझा समर्थक भएकै कारण महाअधिवेशनमा चुनाव लड्नबाट विभिन्न षडयन्त्र र प्रपञ्च रच्दै आफ्नो नाम मतदाता नामावलीबाट काटिएको दाबी गरेका छन् । 

हालसालै सकिएको नेपाली काँग्रेसको वडा अधिवेशनमा छनौट भएका र विशेष गरी निर्वाचन पर्णालि मार्फत चयन गरिएका सभापति तथा नयाँ पदाधिकारीहरूको चयन गर्दा क्रियाशील सदस्यहरूलाई मतदान गर्नबाट, चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएर मृत सदस्यहरू, विदेश गएका र निष्क्रिय रहेका सदस्यहरू को नाम बाट मतदान गर्न लगाएर नयाँ नेतृत्व चयन गरिएको कुँवरको आरोप रहेको छ । 

त्यस्तै, अप्रजातान्त्रिक शैलीमा ५५ जनाको असहमति र विरोधका बावजुत वडा अधिवेशन गरिएको आरोप लगाउँदै कुँवरले चुनाव प्रचार प्रसारका क्रममा नाम काटिन सक्छ भन्ने खालका धम्कीहरू पहिले देखी नै आएको र अन्त्यमा त्यस्तै भएको हुँदा वडा स्तरबाट माथिल्लो नेतृत्वको मिलेमतोमा सो अलोकतान्त्रिक कार्य भएको उनको भनाई रहेको छ । 

क्रियाशील सदस्यता प्रकाशन गर्दा आफ्नो प्रस्ट सदस्यता रहेको र पार्टीको वइभसाईटमा समेत १३ अङ्कको क्रियाशील सदस्यता हुँदा हुँदै चुनावको मुखमा आएर कसरी मतदाता नामावलीबाट मेरो नाम काटिएको भन्ने प्रश्न गर्दै कुँवरले प्रमाण सहित आफ्नो नाम हटाइनुको कारण प्रस्ट पार्न पनि चुनौती दिएका छन् । 

सो कार्यले धेरै स्थिानिय स्तरका नेता, कार्यकर्ताहरूको मन दुःखेको र कुनै एउटा व्यक्तिले कसैलाई काँधमा उचालेर यो मेरो उत्तराधिकारी हो भन्नु मण्डले प्रवृत्ति भएको ठोकुवा गर्दै कुँवरले जबरजस्ती च्यापेर षडयन्त्र गरेर बनाइएका नेताहरूको धेरै आयु नहुने बताएका छन् ।