एचआइभी एड्स बिना उपचार आश्चर्यजनक तरिकाले ठीक भयो

एचआइभी एड्स बिना उपचार आश्चर्यजनक तरिकाले ठीक भयो

अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधि या उपचार विधि एचआइभी एड्स आफैँ ठीक भएको छ । यो यस किसिमको विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइएको छ । डाक्टरहरुको अनुमानमा ती बिरामीको प्रतिरोधात्मक प्रणालीले आफैँ भाइरसलाई हटाउन सफल भएको हो 

यसरी उनका एक अर्ब भन्दा बढी सेल्सहरुमा गरिएको परीक्षणपछि उनमा एचआइभी संक्रमणको कुनै निशान देखा नपरेको ‘आर्काइभ्स अफ इन्टरनल मेडिसिन’ को रिपोर्टमा उल्लेख छ । यदि यसको प्रक्रिया पत्ता लाग्ने हो भने वास्तवमै एचआइलाई प्रभावकारी रुपमा ठीक गर्ने या हटाउन सम्भावित तरिका भेटिनेछ । 

‘एचआइभी हट्न सक्छ ?’ 

यो खोजले अर्को के प्रमाणित गरेको छ भने केही मानिसहरुसँग एचआइभीलाई सफलतापूर्वक हटाउन प्राकृतिक क्षमता हुन्छ । त्यस्तै कतिको चाहिँ जिनले नै संक्रमणबाट जोगाउन सक्छ । 

तर एचआइभीबाट संक्रमित अधिकांश बिरामीलाई जीवनभर ‘एन्टिरेट्रोभाइरल थेरापी’ को आवश्यकता पर्दछ । र यसमा उनीहरुले औषधि खान छाड्ने बित्तिकै भाइरस फेरि जागेर समस्या उत्पन्न गराउँदछ । 

पछिल्ला केही वर्षहरुमा त्यस्ता बिरामी फेला परिरहेका छन् जसले मेडिकल सहायता लिएर तर एचआइभीको औषधि नखाइ भाइरसलाई दबाउन सकिरहेका छन् ।