कमला ह्यारिस राष्ट्रपतिको अधिकार केही समयका लागि प्राप्त गर्ने पहिलो महिला

कमला ह्यारिस राष्ट्रपतिको अधिकार केही समयका लागि प्राप्त गर्ने पहिलो महिला

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्।

राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्।

राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्।

राष्ट्रपति बाइडेनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा उनी स्वस्थ रहेको र आफ्नो जिम्मेवारी निर्वाहका लागि योग्य रहेका उल्लेख गरेका छन्।

७९ औँ जन्मोत्सव मनाउँदै गरेका बाइडेनले स्वास्थ्य जाँच गरेका हुन्। राष्ट्रपतिको जिम्मेवारी पाएका बेला ह्यारिसले ह्वाइट हाउसको वेष्ट विङ्गमा रहेको कार्यालयबाट जिम्मेवारी निर्वाह गरेको उनको कार्यालयले जनाएको छ।

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने ह्यारिस पहिलो महिला, पहिलो अश्वेत र दक्षिण एसियाली अमेरिकन महिला हुन्।