शनिबार सुदूरपश्चिममा थप ४ जनामा कोरोना पुष्टि

शनिबार सुदूरपश्चिममा थप ४ जनामा कोरोना पुष्टि

धनगढी । सदूरपश्चिम प्रदेशमा शनिबार थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३२ नमुना परिक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ४८ नमुना परिक्षण गर्दा तीन जना र एन्टिजेन विधिबाट ७८४ नमुना परिक्षण गर्दा एक जना गरी थप चार जनामा संक्रमण देखिएको हो ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ४७ हजार ९६५ जनामा संक्रमण पुष्टि भएको भएको हो । भने ६०८ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।