सेती प्रयोगशालामा भएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ नुमना परिक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा चार जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।