टी-२० विश्व कप एसिया छनोट : नेपालले हङकङलाई दियाे १०५ रनको लक्ष्य

टी-२० विश्व कप एसिया छनोट : नेपालले हङकङलाई दियाे १०५ रनको लक्ष्य

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको  छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए । १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङले जवाफी ब्याटिङ थालेको छ ।