कैलालीका ट्राफिक प्रमुख बोहराको सरुवा

कैलालीका ट्राफिक प्रमुख बोहराको सरुवा

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराको सरुवा भएको छ । उनको महानगरीय प्रहरी परिषर काठमाण्डौँ सरुवा भएको हो । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभागले प्रहरी निरीक्षक बोहरालाई महानगरीय प्रहरी परिषर काठमाण्डौ काजमा खटाएको छ ।

२०७७ असोज १४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट सरुवा भएर आएका बोहरा १३ महिना कैलाली बसेका हुन् । उनकोे स्थानमा साईबर व्युरो काठमाडौँबाट वकिल सिंह आउने भएका छन । बोहरालाई सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले आगामी कार्यकालको सफलताको कामना दिँदै बिदाई गरे।

यस्तै सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति कैलाली पनि प्रहरी निरीक्षक बोहरालाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेको छ ।