महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जोडिँदै

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जोडिँदै

कञ्चनपुर । दोस्रो लहरको कोभिड संक्रमण तीव्र गतिमा बढ्दा अक्सिजनको हाहाकार भएको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ ।

यूएन ओपीएसको सहयोगमा प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको हो । ‘प्लान्टको सबै सामान आइपुगेको छ, अहिले निर्माण कम्पनीले नै जडानको काम गरिरहेको छ,’ महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘अबको एक महिनाभित्रै प्लान्ट जडानको काम सकिन्छ ।’

अहिले जडान भइरहेको प्लान्टबाट दैनिक एक सयभन्दा बढी सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । दोस्रो लहरका बेला संक्रमित दर हेर्दा यसले पुग्ने डा. श्रेष्ठले बताए ।