धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । धनगढीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । सोमबार साँझ उपमहानगरपालिका–२ भन्सार रोडबाट बैयाबेहडीका २६ वर्षीय सन्देश बोगटी र वडा नम्बर १ बस्ने ३० वर्षीय बीजय मगराती पक्राउ परेका हुन्। 

बोगटीले  चलाएको लु४५प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरी लागु औषध शिर्षक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ।