गौरीफण्टा नाकामा बालबच्चा सहित रोजगारीका लागि भारत जानेको लर्को (फोटो फिचर)

गौरीफण्टा नाकामा बालबच्चा सहित रोजगारीका लागि भारत जानेको लर्को (फोटो फिचर)

धनगढी । कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीहरुको लर्को लागेको छ । चाडबाड सकिएसँगै सुदूरपश्चिमेलीहरु कामका लागि भारत पस्न थालेका हुन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जान थालेका छन् ।

ठूलो संख्याका नेपाली भारत जान थालेकाले गौरीफण्टा नाकामा दैनिक लर्को नै लाग्ने गरेको छ । चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले गौरीफण्टा नाकामा भीड नै लाग्ने गरेको छ । देशमा रोजगारीका अवसर नहुँदा हिउँदे खेती लगाएर सुदूरपश्चिमका पहाडी सात जिल्ला लगायतका जिल्लाबाट बुढादेखि युवासम्म काम खोज्न भारत तिर लागेका छन ।

नेपाल प्रहरी चेक पोष्ट डोके बजारको तथ्याङ्क अनुसार यो नाका हुँदै दैनिक दुई हजार हाराहारीका नेपाली भारत गइरहेका छन । भारत जाने नेपालीको संख्या धेरै भएकाले नाकामा प्रहरीलाई इन्ट्री गर्न समेत धौधौ भइरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर चलेको समयमा बेरोजगार हुँदै घर फर्किएका नागरिकहरु पनि फेरी कामका लागि भारत पसेका हुन ।

तस्बिरमा हेर्नुस् :