धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप २ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३६ नमुना परिक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २४ घण्टामा ३ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ८ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।