विद्युतीय धरापको पासोमा परेर कैलालीमा एक जनाको मृत्यु

विद्युतीय धरापको पासोमा परेर कैलालीमा एक जनाको मृत्यु

धनगढी । विद्युतीय धरापको पासोमा परेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छा विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।

शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए ।