नेकपा एकीकृत समाजवादी पनि मेरै पार्टी जस्तो हो : प्रचण्ड

नेकपा एकीकृत समाजवादी पनि मेरै पार्टी जस्तो हो : प्रचण्ड

धनगढी । कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि आफ्नै पार्टी जस्तो भएको  बताएका छन् । 

उनले भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित बुँदाहरूमा ध्यानाकर्षण भएको जनाउँदै सो कुरा बताएका हुन् । 

मेयर चौधरीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी अस्पताल बनाइनुपर्ने बुँदामा सरकारको ध्यानाकर्षण गराउने र माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष दाहालले सो माग सामान्य भएको पनि बताए । ''प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी अस्पताल बनाइनुपर्ने यो पनि गाह्रो कुरा छैन । म स्वास्थ्य मन्त्रालय पनि अब मेरै पार्टी नभए पनी मैरै पार्टी, पार्टी जस्तो हामीले साजवादी पार्टी लाइ धेरै सहयोग गरेका छौँ । त्यस कारण उहाँ स्वास्थ्य मन्त्री लाई पनि भनेर यो काम अगाडी बढाइन्छ । युवाहरूको स्वास्थ्य तथा सिपको समेत विकाश होस भनेर रङ्गशाला निर्माण गर्नु का साथै भूमिहीन, सुकुम्वासी हरूको समस्या पनि चाँडै समाधान गरिने छ ।'' उनले भने ।