नेपालमा ३३२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

नेपालमा ३३२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५९० जनाको पीसीआर परीक्षणमा ३०५ र २ हजार ३३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।