धनगढीका मेयर वड सर्बाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी

धनगढीका मेयर वड सर्बाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी

धनगढी । नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत (३७७) सहित विजयी भएका छन् ।

मंगलबार रातिदेखि महाधिवेशन प्रतिनिधिको मतगणना सुरु भएकोमा आज अन्तिम पत परिणाम सार्वजनिक भएको हो । जसअन्तर्गत धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत ३७७ सहित विजयी भएका छन् ।

मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २३५ , गणेश देउवा २२६,कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर बिष्ट १९४ र हरिश खड्का १८७ विजयी भएका छन् ।

महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा (रक्षा) २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० विजयी भईन । समावेशी, अपांग/मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।