काँग्रेस कैलाली क्षेत्र ३ को सभापतिमा चौधरी विजयी

काँग्रेस कैलाली क्षेत्र ३ को सभापतिमा चौधरी विजयी

धनगढी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र ३ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा रिता कुमारी चौधरी विजयी भएकी छिन् । उनले ३०८ मत प्राप्त गर्दै  बहुमतका साथ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गोकेन्द्र भण्डारीले जम्मा १५३ मत प्राप्त गरे ।त्यस्तै, सचिव पदका लागी भएको मतदानमा सुरेश हमाल २५६ मत र रमेश चौधरी २६३ मत प्राप्त गर्दै सचिव पदमा विजयी भएका छन् । सचिव पदका बाँकी दुई उम्मेदवारमा धिरेन्द्र कठायत १७५ र दयाराम चौधरीले १९२ मत प्राप्त गरे ।  

सह–सचिवमा कलक बहादुर सिंह २५२ मत र धोज हरिपाल बोहरा २०१ मत ल्याउँदै सहसचिवमा विजयी भएका छन् । सहसचिवका पराजित उम्मेदवारमा वीरेन्द्र बहादुर भण्डारी १३५ मत, विनोद प्रसाद श्रेष्ठ ८२ मत र विशाल तिवारीले १३६ मत प्राप्त गरे ।