कैलालीको पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी खबर    

कैलालीको पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो ।

स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । लम्की बजार समेत बन्द गरिएको छ। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लम्की बजार पनि बन्द गरिएको छ ।



बिहिबार ०९, मङि्सर २०७८ ०१:४२ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस