दार्चुला । जिल्लाको व्यास गाउँपालिका १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई जनगणना कार्य सम्पन्न भएपछि बिहीबार आज हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ।
भारतले बाटो प्रयोगको अनुमती नदिएको र व्यासबाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुदा हेलिकोप्टरमार्फत खलंगा ल्याइएको हो । जोखिमपूर्ण बाटो मा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकोले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले बताए । जिल्लाभरीको जनगणनाकार्य लगभग सकिएको उनले बताए ।