हिटर ग्यास लिक भई ज्यान गुमाएका ई. जोशीकि आमालाई एनईए सुदुर पश्चिमले गर्यो आर्थिक सहयोग

हिटर ग्यास लिक भई ज्यान गुमाएका ई. जोशीकि आमालाई एनईए सुदुर पश्चिमले गर्यो आर्थिक सहयोग

महेन्द्रनगर । करिब तीन वर्ष पहिले काठमाडौंको कलङ्कीमा हिटर ग्यास लिक भई पट्किदा  ज्यान गुमाएका ईन्जिनियर पुष्कर राज जोशीकि आमालाई  नेपाल ईन्जिनियर एशोसिएसनले आर्थिक सहयोग गरेको छ । शुक्रवार नेपाल ईन्जिनियर्स एशोसिएसन सुदुरपश्चिम प्रदेश समितीले दिवंगत ई. जोशीकि आमालाई रु.५०,०००/- आर्थिक सहयोग गरेको हो।

थोरै भएपनी दिवंगत ईन्जिनियर जोशीकि आमालाई आर्थिक सहायता पुगोस भन्ने उदेश्यले उनलाई उक्त रकम हस्तान्तरण गरिएको नेपाल ईन्जिनियर्स एशोसिएसन(एनईए) सुदुर पश्चिम प्रदेश समितीका कोषाध्यक्ष ई.नवीन राज जोशीले बताए ।

उनले भने, "सामाजिक दायित्वलाई बहन गर्दै प्रदेश कार्यकारिणी समितीले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । यसै अन्तर्गत यस पनि अघि स्वर्गीय ईन्जिनियर दम्पतीका नाबालक छोरालाई पनि आर्थिक  सहयोग गरेको  कार्यकारिणि समिति कोषाध्यक्ष जोशीले बताए । ग्यास हिटर लिक भई ज्यान गुमाएका ईन्जिनियर जोशी नेपाल ईन्जिनियर्स एशोसिएसनका आजिवन सदस्य समेत रहेका थिए।

२०७५ पुस ७ गते साँझ ग्यास हिटर लिक भई पट्किदा ईन्जिनियर दम्पति ई. पुष्कर राज जोशी तथा ई.अप्सरा श्रेष्ठले ज्यान गुमाएका थिए भने उनका नाबालक छोरा घाइते भएका थिए। नेपाल ईन्जिनियर्स एशोसिएसन(एनईए) सुदुर पश्चिम प्रदेशले भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम,वाटर सप्लाई सिस्टम डिजाइन,प्रोक्युरमन्ट ट्रेनिङ,रोड डिजाइन ट्रेनिङ,जिपिएस हयान्डलिङ,एनबिसी कोड ट्रेनिङ, करियर गाईडेन्स टु फ्रेस इन्जिनियर्स जस्ता अन्य  नि:शुल्क तालिमहरु समेत दिदै आईरहेको छ।

एनईए सुदुर पश्चिमले यस अघि महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई समेत रु.२५,०००/- नगद आर्थिक सहयोग समेत गरेको एनईए सुदुर पश्चिम प्रदेश समितिका सभापति ई. लव प्रसाद जोशीले बताए।