काँग्रेस दार्चुला मत परिणाम : सभापतिमा बोहराको अग्रता

काँग्रेस दार्चुला मत परिणाम : सभापतिमा बोहराको अग्रता

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहराले सुरुवाती अग्रता लिएका छन् । क्षेत्र (क) को मत परिणाम हेर्दा सभापतिका उम्मेदवार बोहरा १ सय ६८ को अग्रतामा छन् । ४०० को मत गणना हुदा बोहराले २ सय ८० मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्द्वी अमरसिंह धामीले १ सय १२ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै उपसभापतिमा उमेश सिह खत्रीले ९०, महादेव बडू कश्यपले २७२, मानबहादुर बमले ४७ ललित सिह ठगुन्नाले २२७, सन्ताेष कुमार सिह ऐतवालले ६० मत प्राप्त गरेका छन् । यस्तै सचिव पदमा पुलेन्द्र बहादुर कार्कीले ३०८, माधवराज भट्टले १६०, महेश सिह धामीले ४३, महेन्द्र प्रसाद बडूले १३२, देव सिह धामीले ३१, वीर सिह डडालले ९० मत ल्याएर पछ्याइरहेका छन् ।

सहसचिवमा राजु अवस्थीको अग्रता छ । उनको २७०, राजेन्द्र प्रसाद जाेशीको २२०, जयानन्द जाेशीको ७१, सन्ताेष दयालीको ११८ मत रहेको छ । प्रदेश क्षेत्र क सभापति बोहराको भएकाले अग्रता लिएको अनुमान गर्न सकिन्छ । यस्तै ख क्षेत्र अमरसिंह धामीको गृह भएकाले उनले त्यहाँबाट अगाडी बढ्न सक्ने अनुमान छ । जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।

बिहीबार साढे एघार बजेबाट भएको मतदान साझ साढे छ बजे सकिएको थियो । मतगणना राती ९ बजेबाट गने भने पनि अबेर राती देखि सुरु भएको हो । कूल १ हजार ४३ मतदाता मध्ये ९ सय ५६ मत खसेको थियो । प्रदेश क्षेत्र (क) मा ५ सय ३८ र (ख) मा ४ सय १८ मत खसेका थिए । मतगणना सुस्त गतिमा भइरहेको छ ।