दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ को आज समापन

दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ को आज समापन

धनगढी : फागुन १४ गते देखि धनगढीमा  सुरु भएको दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ को आज एक कार्यक्रमका बिच समापन भएको छ । दुई दिने मेलामा १८ वटा शैक्षिक स्टल राखिएकोमा मेलालाई चार हजार विद्यार्थीले अवलोकन गरेका छन्

नेक्सस एजुकेसन कन्सलटेनसीको आयोजनामा हुने फेयरमा बिभिन्न नया बिषयमा पढाई सञ्चालन गरिरहेका नेपाल, भारत, जापान र अष्ट्रेलियाका २० कलेजहरुले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिएको जनाएको छ ।  

एसइइ परीक्षा दिन लागेका र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको फेयरमा उच्च शिक्षाका बिभिन्न बिषयमा परामर्श दिएको  र  बिभिन्न बैज्ञानिक आविस्कार तथा रोबोर्ट, ड्रोन, कार तथा जेट इन्जिनको प्रदर्शन समेत गरेको  आयोजक नेक्सस इजुकेसनले दिएको छ ।

नेक्सस एजुकेशन प्रालिका प्रबन्ध निर्देशक यज्ञराज अवस्थीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि धनगढी जेसिज बर्ष २०१९ का अध्यक्ष नरेन्द्रराज अवस्थी रहेका थिए ।