एलपीएलको सहप्रायोजकमा एभरफन चकलेट

एलपीएलको सहप्रायोजकमा एभरफन चकलेट

धनगढी । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सहप्रायोजक (गेट प्रायोजक) एभरफन चकलेट रहने भएको छ ।

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सहप्रायोजकको रुपमा शुक्रबार एभरफन चकलेट जोडिएको हो ।

प्रतियोगिताको सहप्रायोजक एभरफन चकलेटको तर्फबाट प्रदीप राना र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही बिच प्रतियोगिताको सहप्रायोजक (गेट प्रायोजक) सम्बन्धि सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

विद्यालय स्तरको खेल आयोजनामा सहप्रायोजक भई सहकार्य गरेकोमा एभरफन चकलेटलाई लिटल फ्लावर प्रीमियर लिग परिवारले  धन्यवाद दिएको छ ।