कैलालीमा काँग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलालीमा काँग्रेसको जिल्ला अधिवेशन स्थगित

धनगढी । कैलाली काँग्रेसको जिल्ला अधिवेशन  स्थगित गरिएको छ । आज मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशनका लागि तयारी नपुगेको भन्दै अनिश्चितका लागि स्थगित गरिएको  जिल्ला सभापति नरनारायण शाह मनुले जानकारी दिए ।

मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन धनगढीमै हुने भएकोले दुईवटा अधिवेशनको तयारी गर्न गाह्रो हुने भएकोले पनि अधिवेशन सारिएको सभापति शाहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

जिल्ला अधिवेशनका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय कार्यको तयारीका लागि भन्दै जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको हो ।