एमाले अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

एमाले अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका छन् । शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।

यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।

शुक्रबार राति नेता रावलले कान्तिपुरसित कुरा गर्दै शनिबार उम्मेदवारी दिने बताएका थिए । शनिबार दिउँसो उम्मेदवारी दिनुअघि नै उनले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका हुन् ।