जयपृथ्वी नगरपालिका वडा नम्बर ४,५ र११ मा नेकपा (एस) को वडा कमिटी गठन

जयपृथ्वी नगरपालिका वडा नम्बर ४,५ र११ मा नेकपा (एस) को वडा कमिटी गठन

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४,५ र ११ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । शनिवार  जयपृथ्वी नगरपालिका वडा नम्बर ५  मा नेकपा (एकीकृत समाजवादी) का बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह को प्रमुख आतिथ्यतामा र नैन बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा गोरख बहादुर कामी अध्यक्ष रहने गरी २१ सदस्य  वडा कमिटी गठन गरिएको छ। 

उपाध्यक्षमा मनवीर सार्की र पदमा सार्की, सचिव मा आयुस सिंह  र सह-सचिवमा इन्द्र जला जोशी, अम्मर दहनि र प्रबिन सिंह ।  त्यस्तै वडा न ४ मा अध्यक्ष  जनक उपाध्याय, उपाध्यक्षमा उमा कुमारी  उपाध्याय  सचिव सुमन उपाध्याय सह सचिव मा देवकी उपाध्याय रहने गरी २१ सदस्य  जिल्ला  कमिटी गठन गरिएको छ र जयपृथ्वी नगरपालिका वडा न ११ मा पनि वडा कमिटी गठन गरिएको छ ।

जसमा अध्यक्ष  शङ्कर बोहरा  उपाध्यक्षमा अग्नि  राज जोशी र दिपा देवी नेपाली  सचिव मा  खगेन्द्र  जोशी  सहसचिव मा  धर्मेन्द्र सार्की  देवकी सार्की खडक अएडि रहने गरी ५१ सदस्य  बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य  देवेन्द्र रोकाया ले बताउनु भएको छ। कार्यक्रम मा  पार्टी  नेता तथा कार्यकर्ता  हरू को बाक्लो  उपस्थित  रहेको थियो। 

त्यस्तै हिजो जयपृथिवी नगरपालिका  को वडा न १० मा पनि वडा कमिटी गठन गरिएको थियो । यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका  का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा ९एस०ले बझाङ  जिल्ला मा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मीराज जोशीले जानकारी दिए ।