भोकमरी हुने अवस्था आएपछि स्थलमार्ग भएर कैलालीबाट चामल पठाइयो

स्थल मार्गबाट हुम्ला, मुगु र सुर्खेतमा पनि चामल ढुवानी हुने गरेको

धनगढी खबर    

भोकमरी हुने अवस्था आएपछि स्थलमार्ग भएर कैलालीबाट चामल पठाइयो

भोकमरी हुने अवस्था आएपछि हुम्ला जिल्लाका लागि धनगढीबाट स्थलमार्ग भएर खाद्यान्न ढुवानी गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी मोहनपुरस्थित गोदामबाट शुक्रबार हुम्लाका लागि ९० क्वीन्टल चामल पठाइएको छ । कम्पनीका क्षेत्रीय प्रमुख एन्जिला बस्नेतले हुम्ला सदरमुकाम सिमकोटका लागि ट्रकबाट ९० क्वीन्टल चामल पठाइएको जानकारी दिइन् । हुम्लामा चामल ढुवानीको ठेक्का पाएको गणेश ढुवानी सेवाले शुक्रबार बिहान चामल लगेको हो ।

उक्त ढुवानी सेवाले आइतबार पनि चामल लैजाने जानकारी गराएको बस्नेतले बताइन् । ‘ढुवानीको ठेक्का पाएका व्यवसायीले थप चामल यही आइतबार उठाउने भनेको छ ।’ बस्नेतले भनिन्, ‘हुम्लाका लागि निर्धारण गरिएको कोटाको चामल हामीसँग मौजदात छ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीबाट ढुवानी हुने गरी यस वर्ष सिमिकोट र हुम्लाकै श्रीनगर डिपोका लागि सात÷सात सय क्वीन्टल चालको कोटा निर्धारण गरिएको छ ।उक्त चामल ढुवानी हुन सकेको छैन ।

मोहनपुर गोदाममा १६ हजार क्वीन्टल चामल मौजदात रहेकाले केन्द्रले अनुमति दिए हुम्लामा आवश्यकताअनुसार चामल पठाउन सकिने क्षेत्रीय कार्यालयले जनाएको छ । खाद्यान्न अभावले भोकमरी हुने अवस्था आएपछि हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रका स्थानीय खाद्यान्नको माग गर्दै काठमाडौँ पुगेका छन् । खाद्यको धनगढी डिपोमा भने खाद्यान्न मौजदात छ । खाद्यको धनगढी डिपोबाट सुदूरपश्चिमका पहाडी जिल्लाका साथै स्थल मार्गबाट हुम्ला, मुगु र सुर्खेतमा पनि चामल ढुवानी हुने गरेको छ । 



आइतबार १२, मङि्सर २०७८ ०७:५३ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस