माओवादी केन्द्र चौरपाटी गाउँपालिकाको अध्यक्षमा साउँद सर्वसम्मत निर्वाचित

माओवादी केन्द्र चौरपाटी गाउँपालिकाको अध्यक्षमा साउँद सर्वसम्मत निर्वाचित

अछाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरपाटी गाउँपालिकाको अध्यक्षमा जीवन विक्रम साउँद सर्वसम्मत निर्वाचित भएका छन । शनिबार भएको प्रथम गाउँपालिका अधिवेशनबाट साउँद सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य समेत रहेका साउँदलाई सर्वसम्मत गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरिएको हो । पार्टीका गाउँपालिका कमिटी अध्यक्ष शंकरमान बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक साउद रहेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा चौरपाटी गाउँपालिका इञ्चार्ज राम बहादुर थापा, जिल्ला सचिवालय सदस्य सुरत भुल, वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउद, नेकपा एमालेका पार्टी प्रतिनिधि, नेपाली काँग्रेसका पालिका सभापति धर्म बहादुर साउदले शुभकामना दिएका थिए ।