जयपृथ्वी नगरपालिका-९ मा नेकपा (एस) को वडा कमिटी गठन

जयपृथ्वी नगरपालिका-९ मा नेकपा (एस) को वडा कमिटी गठन

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । आइतबार जयपृथ्वी नगरपालिका वडा न ९ मा नेकपा (एकीकृत समाजवादी) का बझाङ जिल्ला उपाध्यक्ष कल ब धामी को प्रमुख आतिथ्यता मा र राम बहादुर खड्का को अध्यक्षता मा भएको कार्यक्रम मा देवेन्द्र खड्का अध्यक्ष रहने गरी ६१ सदस्य वडा कमिटी गठन गरिएको छ ।

उपाध्यक्षमा तुलसी नेपाली र सन्दीप धामी, सचिव मा भक्त तिरुवा र सह सचिव मा शैलेन्द्र खड्का रहेका छन् । त्यस्तै कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरू को बाक्लो उपस्थित रहेको थियो । त्यस्तै हिजो जयपृथ्वी नगरपालिका को वडा न ४/५ र १० मा पनि वडा कमिटी गठन गरिएको थियो ।

यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस) ले बझाङ जिल्ला मा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशीले जानकारी दिए ।