कैलालीमा पूर्व–पश्चिम राजमार्ग एक घण्टाको लागी खुल्यो

कैलालीमा पूर्व–पश्चिम राजमार्ग एक घण्टाको लागी खुल्यो

धनगढी । कैलालीको घोडाघोडीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको अवरुद्ध सडक एक घण्टाको लागी सुचारु गरेको छ । घण्टौँ देखी सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर केही समयको लागी सडक सुचारु गरेको प्रहरीले जनाएको छ ।

शनिबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका थिए । मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ । ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहराले जानकारी दिए ।

उनको खोजी कार्य भइरहेको बताइएको छ । शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।