नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित

नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्। देउवा पक्षका रमेश लेखक निकट उनले ८ सय ६ मत प्राप्त गरे।

उनका प्रतिस्पर्धी बहादुर सिंह थापाले ७ सय १५ मत पाएका छन्। थापालाई एनपी साउद समूहले सघाएको थियो।

यस्तै, उपसभापतिमा भने थापा प्यानलका उम्मेद्वार मीनबहादुर सिंह र हरि चन्द्र राना विजयी भएका छन्। उनीहरूले क्रमशः ७ सय ८६ र ७ सय ६३ मत ल्याएका हुन्।

त्यसैगरी, सचिवमा थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन्। उनीहरूले क्रमशः ७ सय २८ र ६ सय ९४ मत ल्याएका हुन्।

सहसचिवमा दुवै प्यानलबाट एक/एक जना निर्वाचित भएका छन्। थापा प्यानलका नाफु सिंह साउँद निर्वाचित भएका हुन् भने बोगटी प्यानलका पुष्कल चौधरी निर्वाचित भएका छन्।

कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेद्वार चुनावी मैदामा उत्रिएका थिए। शनिवार भएको निर्वाचनमा कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो।