केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत निर्णय विपरीत गर्नु आपत्तिजनक : भीम रावल

केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत निर्णय विपरीत गर्नु आपत्तिजनक : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीकाे दशाैँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ । नेता रावलले केहीबेरअघि समाजिक सञ्जालमा महाधिवेशनलाई लिएर आपत्ति जनाउनुभएकाे हाे । 

उहाँले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे हाे । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ, एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरि केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।