कैलालीमा एक घण्टाका लागि खुलेको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध

धनगढी खबर    

कैलालीमा एक घण्टाका लागि खुलेको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध

धनगढी । कैलालीमा एक घण्टाको लागि खुलाएको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध गरिएको छ । घोडाघोडीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक वसन्तराज शर्माको मृत्यु भएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग एक घण्टाको लागि सुचारु गरेको थियो ।

आइतबार बिहानदेखि सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दे १ घण्टाका लागि सडक सुचारु गरेको भए पनि पुनः स्थानीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।  

ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहराले जानकारी दिए । उनको खोजी कार्य भइरहेको बताइएको छ ।

शनिवार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।



आइतबार १२, मङि्सर २०७८ ०६:२० मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस