कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि परेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको  यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा देखिसकेको छ। भारतमा समेत यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरेको छ।

तर नेपालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने जोखिमको यो समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई संक्रमितको उपचारबाट नै बञ्तित गराउन गरी सरुवा गर्ने निर्णय गरेका छन्। 

मन्त्री खतिवडाले आर्थिक चलखेलका आधारमा डा बास्तोलालाई हटाउने निर्णय गरेको आरोप मन्त्रालयकै कर्मचारीहरुले लगाएका छन्। मन्त्रालयका कर्मचारीले नै डा अनुपको सरुवामा आपत्ति जनाउँदै मन्त्री खतिवडामाथि आर्थिक चलखेलको आरोप लगाएका हुन्। 

मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री खतिवडाले डा अनुपलाई सरुवा रोग अस्पतालबाट हटाएर सार्क क्षयरोग केन्द्रमा पठाउने निर्णय गरेका छन्। मन्त्रीको दबाबमा डा अनुपको सरुवाको पत्र समेत तयार भइसकेको छ।

डा अनुपलाई सरुवा गरेर मन्त्री खतिवडाले सरुवा रोग अस्पतालको निर्देशकमा डा मनिषा रावललाई लैजाने निर्णय गरेका छन्। 

डा बास्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्। पहिलो र दोस्रो लहरमा निरन्तर संक्रमितको सेवा सक्रिय र टेकु अस्पतालकै सुधारमा लागेका डा बास्तोलाले नयाँ भेरियन्टको जोखिम आउनै लाग्दा कोभिडका बिरामीको उपचारबाटै बञ्चित हुने गरी सरुवा गर्ने निर्णय गरेका छन्।