पहाड-तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपात

पहाड-तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपात

नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ जसका कारण देशभर चिसो वढ्ने क्रममा रहेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।